
नयाँ विकल्प
लहान- सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सिरहाको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सिरहाका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले जनाएको छ । सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि सिरहाको चार वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ ।
सिरहा नगरपालिकामा ४०१, गोलबजार नगरपालिकामा २२८, नरहा गाउँपालिकामा १७८, विष्णुपुर गाउँपालिकामा १२३ र अर्नमा गाउँपालिकामा २६७ वटा जस्तापाताका सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरीले जानकारी दिए । सरकारले फुसको छानो विस्थापित गर्ने लक्ष्यका साथ शुरु गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुस छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको इन्जिनीयर चौधरीले बताए ।
‘‘प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्ट्याइएको छ”, उनले भने , ‘‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार उपलब्ध गराइने छ ।” यसमा कुनै लक्षित वर्ग वा जातलाई नभइ फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उनको भनाइ छ ।
‘‘तराई–मधेशका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ”, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले भने , ‘‘ जसकारण वर्षेनी आगलागीको घटना हुने गरेका छन्, त्यसैले सरकारले फुसको छानो विस्थापित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।” यो कार्यक्रमबाट आगलागी हुने घटनामा कमी आउने उनको विश्वास छ ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...
काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग...