ओलीले बाँडेको केन्द्रीय सदस्य पद छाड्नेको लर्को (नामावलीसहित) – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

ओलीले बाँडेको केन्द्रीय सदस्य पद छाड्नेको लर्को (नामावलीसहित)


नयाँ विकल्प,

काठमाडौं – एक्कासी प्रतिनिधिसभा भंग गरी आगामी बैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेर पार्टी भित्र र बहिर बिबादमा तानिएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मनोनित गरिएका केन्द्रीय सदस्यहरुले धमाधम पद त्याग गरेका छन् ।

जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे

पार्टी मुख्यालको माइन्युट र बैठक बोलाउने जिम्मेवारी तोकिएका महासचिव आफूसँग रहेको दाबी गर्दै ‘अल्पसंख्यक’ केन्द्रीय सदस्यको उपस्थितिमा मनोनित भएका पाँच सय ५६ जनामध्ये दर्जनौंले पार्टी फुटाउने दुष्कर्मको साक्षि नबस्ने भन्दै पदत्याग गरेका हुन् ।

आफू निकटका केन्द्रीय सदस्य र सचिवालयका कर्मचारीको भरमा जिल्ला जिल्लाबाट नाम टिपाएको आधारमा केन्द्रीय सदस्य पद बाँड्दा ओली पक्षधर नेकपा केन्द्रीय कमिटी नै बिबादको भूमरीमा परेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको गृह जिल्ला झापाको क्षेत्र नं १ को खबाट प्रदेश सभासदस्य भएका गोपालचन्द्र बुढाथोकी, प्रदेश नंम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री समेत रहेकी जसमाया गजमेरले ओलीले नियुक्ति गरेको केन्द्रीय सदस्य पद परित्याग गरेका हुन् ।

यस्तै, पूर्वमन्त्री शेरबहादुर तामाङ, उनकी श्रीमती तथा प्रदेश १ की प्रदेश सभासद उषकला राई, खोटाङ जिल्ला सचिवसमेत रहेका रामप्रसाद दंगाल, कटारी नगरपालिकाको मेयर समेत रहेको ज्ञानेन्द्र श्रेष्ठले समेत ओली पक्षको केन्द्रीय सदस्य पदत्याग गरेका छन् ।

यस्तै बागलुङ जिल्लाका नेता श्रीप्रसाद शर्माले पनि ओली पक्षले मनोनित गरेको केन्द्रीय सदस्य पद त्याग गरेका छन् । यसअघि ओलीको पक्षमा लाग्दै आएका भैरवबहादुर सिंहले पनि साथ छाडेका छन् ।
‘कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे’, बुढाथोकीले फेसबुकमा लेखेका छन् ।

ओली समूहको केन्द्रीय कमिटीम प्रदेश १ को झापाबाट १८, मोरङबाट १७, सुनसरीबाट ८, उदयपुरबाट सात, खोटाङबाट पाँच, भोजपुरबाट चार, ओखलढुङ्गाबाट तीन, सोलुखुम्बुबाट पाँच, ताप्लेजुङबाट पाँच र धनकुटा, तेह्रथुम, सखुवासभा, पाँचथर र इलामबाट तीन –तीनजना केन्द्रीय सदस्यामा मनोनीत भएका थिए ।

यस्तै ओलीको किचन क्याविनेटका मुख्य पात्र भनेर चिनिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले गृह जिल्ला दाङबाट मात्रै १८ जनालाई मनोनि गरेका छन् ।

ओली निकटका पूर्वसंचार मन्त्री गोकुला वाँस्कोटाले ११ जनालाई नियुक्ति दिलाउन सफल भएका छन भने बागलुङबाट ९ जनालाई मनोनित गरिएको थियो । कुन जिल्लाबाट कतिले केन्द्रीय सदस्यमा नियुक्ति पाए भन्ने जानकारी ओली समूहको नेकपाले सार्वजनिक गरेको छैन् ।

प्रदेश १ का सभासद् गाेपालचन्द्र बुढाथाेकी र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ पुष ९, १३: ३३

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष ९, १३: ३३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ पुष ९, १३: ३३

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...