नेकपा ओली समूहले प्रचण्डको कार्यकारी अधिकार खाेस्याे – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

नेकपा ओली समूहले प्रचण्डको कार्यकारी अधिकार खाेस्याे

नयाँ विकल्प

काठमाडाैं- नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ । केन्द्रीय कमिटी र स्थायी कमिटीकाे बैठकले प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको निष्कर्ष निकाल्दै उनको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको साे समूहका एक नेताले बताए । 

ओली समूहले बिहीबार नै संशाेधित विधान निर्वाचन आयोगमा दर्ता गरेको छ । साथै बैठकले सातवटै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारीसमेत तोकेको छ ।  यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनलाई कू’ काे संज्ञा दिँदै  ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ पुष ९, १६: ५७

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ पुष ९, १६: ५७

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ पुष ९, १६: ५७

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...