पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, नेपाल र खनाल पलेंटी कसेर सडक आन्दोलनमा देखिए – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, नेपाल र खनाल पलेंटी कसेर सडक आन्दोलनमा देखिए


नयाँ बिकल्प,

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल–नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

शुक्रबार बिहान पौने १० बजेबाट माइतीघर मण्डलाको दक्षिणतर्फको सडकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसहित सो समूहका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरूले प्रदर्शन गरेका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रतिनिधिसभा भंग नभएको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएका छन् । माइतीघरको प्रदर्शनपछि बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन निर्वाचन आयोग जान लागिएको नेतृ रामकुमार झाँक्रीले बताइन ।

दाहाल–नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जान लागेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एक अर्काविरूद्धका निर्णय गरिरहेका छन् । दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका थिए ।

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल –नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ पुष १०, १२: २५

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ पुष १०, १२: २५

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ पुष १०, १२: २५

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...