
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेसँगै चुलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिबादको असर प्रदेशसम्म पुग्न थालेको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीनिकट मानिने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।
संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको सांसद जमरकट्टेलले जनाए ।

उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् । आजै प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजिनमा दिने मन्त्रीहरु जम्मकट्टेल र दुलाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन भने नेपाल भने अर्का नेता माधवकुमार नेपाल निकटका हुन् ।

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...