भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

नयाँ विकल्प

भक्तपुर- सूर्यविनायक नगरपालिका–८ जगाती महेश्वरी पेट्रोल पम्प नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान करीब २ः१५ बजे अरनिको राजमार्ग खण्डमा ११ वटा भैसी बोकेर आएको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गर्दा ना६ख ३९८२ नंको ट्रक अनियन्त्रित भई दुर्घटना भएर पल्टिँदा ट्रक चालक वीरगञ्ज महानगरपालिका–१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको ट्रकको ढोकामा च्यापिएको अवस्थामा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७७ पुष १०, १३: ०८

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७७ पुष १०, १३: ०८

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७७ पुष १०, १३: ०८

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...