
फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरू निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिस आत्तिएर सडकमा पुगेका थिए । भूकम्पबाट भएको क्षतिकाे यकिन विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ७ः४३ बजे आएको उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराइमा थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।फिलिपिन्स र आसपासका मुलुक भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...