
नयाँ विकल्प
सिराह- सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो अभियान शुरु गरेका हुन् ।
अभियानको पहिलो दिन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको नेतृत्वमा लहानस्थित १७ वटा होटल तथा रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरेको डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । लहानस्थित स्माइली होटल र अर्चिड क्याफे होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने विशाल, गोधुली, इस्ट पोइन्ट, मारुती होटललगायतमा सन्तोषजन वर्ग (ग) को स्टीकर टाँस गरेको प्रमुख सिंहले उनले बताउए ।
ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालीमसमेत दिइएको थियो । होटल तथा रेष्टुराँ सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ ।
खाद्य स्वच्छता, सरसफाइ, भण्डारण, भान्साघर, फोहोरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात् तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो । अनुगमन तथा स्तरोन्नति टोलीमा घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादव, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष रामानन्द गुप्ता, उद्योग वाणिज्य सङ्घका र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागिता रहेको थियो ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...