नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी


नयाँ विकल्प,


पाेखरा-नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।

८० मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहेका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गरे । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भए ।

एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यमा धर्म बस्याल, मङ्गलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एशोसिएट सदस्यमा सूर्य भुजेल चयन हुनुभयो । निर्वाचित अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७७ पुष १२, १३: ५१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७७ पुष १२, १३: ५१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७७ पुष १२, १३: ५१

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...