
नयाँ विकल्प
काठमाडाैं- नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार एयर चाइनाको जहाज चार्टर्ड गरेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं ओर्लिएको हो।
नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको हो। काठमाडौं ओर्लिएसँगै चिनियाँ कम्युनिष्ट पार्टीको टोली बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त टोली काठमाडौं आउन लागेको बताइएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले चिनियाँ टोलीको भेटघाटका लागि नेकपाका शीर्ष नेताहरूसँग समय मिलाइरहेको स्रोतले जानकारी दिएको छ। चिनियाँ टोलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने औपचारिक रूपमा जानकारी दिएको छैन। यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन्।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...