
नयाँ विकल्प
काठमाडौं : ब्रोकर कमिसन घटेपछि बजार बढ्ने आम लगानीकर्ताको अपेक्षा विपरीतको प्रवृत्ति देखिएको छ । नेप्से सूचक आइतबार ३९.९८ अंकले घटेर १९९८.६५ विन्दुमा आइपुगेको छ । २०४ कम्पनीको ८१ लाख ७७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहको सूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ५१९.४८ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि २३.१२ अंकको गिरावट आएको छ । ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ ।
यसको ६७ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् । नेप्से सूचकले आइतबार सकारात्मक प्रवृत्ति देखाउन नसकेको हो । सेयर बजारका लागि प्रायः सबै हिसाबले उपयुक्त माहोल देखिएको भए पनि बजार अझै माथि जान सकेको छैन । यसलाई कतिपयले बजारले नयाँ उचाई बनाउनुअघिको करेक्सन भनेका छन् ।
यस्तै, कतिपयले पुस महिना र अस्थिर राजनीतिको प्रभाव पनि भनिरहेका छन् । तर बजार लामो समयसम्म वियरिस बाटोमा हिँड्न नसक्ने अड्कलबाजीहरु पनि भइरहेको छ । किन भने ब्रोकर कमिसन घटेको छ । यसबाट लगानीकर्ताको कमिसन लागत कम भएको छ । यस्तै, वित्तीय प्रणालीमा प्रचुर लगानीयोग्य पुँजी छ । यसैगरी, लगानीको अन्य क्षेत्र संकुचित भएको अवस्था छ । यसैगरी, ब्याजदर घटेको छ । बैंकहरुले मुद्दति तथा बचतको ब्याजदर थप तल झारेका छन् । बजार बुलिस चक्रमा हिँडिरहेको छ ।
यी तमाम परिदृश्यहरुका कारण केही दिन करेक्सन भए पनि अन्ततः बजारले फेरि बुलिस जर्नीलाई नै पछ्याउने विश्लेषकहरु बताउँछन् । लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरी सकेसम्म अलिलामो समय होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सके दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन । विशेषगरी, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, वितरण गर्न सक्ने नाफा, नेटवर्थ, लाभांश क्षमता, भविष्यमा व्यवसाय विस्तारको सम्भावना लगायतका पक्षलाई ख्याल गरी लगानी गर्न विज्ञहरु सुझाव दिने गर्छन् ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...