कोरोना भ्याक्सिन खरिद गर्न ४८ अर्ब चाहिने, कोषमा २० करोड मात्रै – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper
भ्याक्सिन सित्तैमा उपलब्ध गराउने सरकारको घोषणा झुटा

कोरोना भ्याक्सिन खरिद गर्न ४८ अर्ब चाहिने, कोषमा २० करोड मात्रै

नयाँ विकल्प,

काठमाडौं – सरकारले कोरोना भाइरसविरुद्धको खोप सम्पूर्ण नेपालीलाई सित्तैमा उपलब्ध गराउने घोषणा भनेर गरेको घोषणा झुटो सावित भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्या मन्त्रालयको कार्यभार ग्रहण गर्दै मन्त्री हृदयेस त्रिपाठीले सबै नेपालीलाई कोरोना भाइरसबिरुद्धको खोप सित्तैमा उपलब्ध गराउने घोषणा गरेका थिए । तर, सरकारको भौतिक र आर्थिक तयारी भने केही पनि देखिँदैन ।

कोरोनाबिरुद्धको खोप ल्याृउन सरकारले पहल गरेको भन्दै सरकारका मन्त्रीहरुले वाहिर बोल्ने गरे पनि त्यससको लागि आवश्यक पर्ने बजेट र खोप भण्डारण गर्ने क्षमता समेत बिकास नगरेबाट सरकारको प्रतिवद्धता झुटो देखिएको हो ।

सबै नागरिकका लागि खोप ल्याउन ४८ अर्ब लाग्ने भए पनि अहिलेसम्म खोप खरिदको कोषमा २० करोड रुपैयाँ मात्रै जम्मा भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना खोप तीन चरणमा ल्याउने दाबी सरकारको छ ।

पहिलो चरणमा तीन प्रतिशत नागरिकलाई लगाउने खोपलाई सामान्य चिस्यानमा राख्ने भण्डारण क्षमता समेत राज्यको छैन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सामान्य चिस्यानमा राखिने खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड भण्डारण क्षमता समेत सबै प्रदेशमा छैन । अहिले अन्यको तुलनामा फाइजरको खोप निकै अगाडि देखिएको छ । तर, यसको भण्डारण क्षमता नेपालमा असम्भव भएको मन्त्रालकाय कर्मचारी बताउँछन् ।

फाइजर खोप माइनस ७० डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्छ । तर, यो नेपालमा भण्डारण गर्ने क्षमता छैन । सरकारले खोप पाएको खण्डमा पहिलो चरणमा सहुलियत मूल्यमा आउने खोप अग्रपंक्तिमा खटिनेहरुका लागि लगाइने जनाएको छ ।

दोस्रो चरणमा दिर्घ रोगी र ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई लगाएपछि बल्ल १५ बर्ष माथिका आम नागरिकलाई लगाइनेछ । तर अहिलेसम्म सरकारले कोरोना भ्याक्सिन खरिद गर्न स्थापना गरेको कोरोना कोषमा २० करोड रुपैयाँ मात्रै जम्मा भएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोपका लागि ४८ अर्ब ८३ करोड ४२ रुपैयाँ आवश्यक पर्छ । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी परिवर्तन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि आइतबारदेखि त्रिपाठी स्वास्थय मन्त्री बनेका हुन् ।

त्रिपाठी यसअघि केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सम्बन्धित समाचार

संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
  • २०७७ पुष १३, १६: १५

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...

पार्टीले कारबाही गरेको व्यक्तिले गरेको सम्झौता अवैधानिक, सत्ताका लागि माओवादीले गणतन्त्र र संघीयता नै त्याग्यो
पार्टीले कारबाही गरेको व्यक्तिले गरेको सम्झौता अवैधानिक, सत्ताका लागि माओवादीले गणतन्त्र र संघीयता नै त्याग्यो
  • २०७७ पुष १३, १६: १५

काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...

मनसुनयता सरदरभन्दा कम वर्षा
मनसुनयता सरदरभन्दा कम वर्षा
  • २०७७ पुष १३, १६: १५

काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...