
नयाँ विकल्प,
चैनपुर- संखुवासभाको चैनपुर नगरपालिका– ४ मैदानेमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहले ओढारमा लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।
प्रहरीले विप्लव समुहले जंगलमा गर्दै आएको टेन्ट २ थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम ४ थान, हतियार तथा कम्ब्याटसहितको जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईको फोटो ६ वटा र ११ वटा मोबाइल सेट, ५ थान एनटिसी र एनसिएलको १ वटा सिम, टर्च लाईट, कैची, लाईटर, स्लिपिङ व्याग, त्रिपाल, सेफ्टी फ्युज, सैन्य प्रशिक्षणका दस्तावेज र लत्ताकपडासमेत बरामद गरेको जनाएको छ ।
विप्लव समूहका कार्यकर्ताले चैनपुर– ४ को मैदानेस्थित जंगलको ओढारमा लुकाएर राखेको सामग्री बरामद गरेको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा विप्लव कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आइतबार दिउँसो सवा ३ बजे तिर प्रहरी र विप्लव कार्यकर्ता बीच गोली हानाहान भएको संखुवासभाका प्रहरी जनाएकाे छ ।
नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको गस्ती टोली माथि फायरिङ्ग जवाफी फायरिङ्ग गर्नुपरेको प्रहरीको भनाइ छ ।विप्लव समूहका कार्यकर्ताले ५-६ राउण्ड गोली चलाएका थिए । प्रहरीले १५ राउण्ड जवाफी गोली चलाएको थियो । सो स्थान र सम्भावित चेकपोष्टहरुमा नेपाल प्रहरीका इन्स्पेक्टरको कमाण्डमा ३६ जना र सशस्त्र प्रहरीका तर्फबाट १० जनाको टोली खटाइएको छ ।
विप्लव समूहका जिल्ला इन्चार्ज युवराज राई लगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अपरेशन सुरू गरेकाे थियाे । सुरक्षाकर्मीले घेरा हालेपछि विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेको र दुवै समूहबीच गोली हानाहान भएपनि कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएकाे छ ।
विप्लव समूहका कार्यकर्ता भागेको जंगल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि खाेजतलास भैरहेकाे छ । उक्त मैदानेमा यसअघि पनि दुई पटक विप्लव कार्यकर्ता र प्रहरी बीच दोहोरो भिडन्त भएको थियो । त्यहाँ मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...