
नयाँ बिकल्प,
तनहुँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली जस्ता लहडी र अहंकारी मात्र नेकपामा नेता थिए ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा भङ्ग गरी मध्यावधी निर्वाचन गर्ने सरकारको कदमबिरुद्ध नेपाली कांग्रेसले सोमबार आयोजना गरेको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत तनहुँमा आयोजित कार्यक्रममा नेता पौडेलले सोधे –‘नेपाली जनतालाई दिउँसै खाल्डो खनेर पुर्ने ओली मात्र नेकपाका नेता थिए ? नेकपामा के ओलीभन्दा अरु कोही सांसद नै थिएनन त ?’
पौडेलले यो व्यवस्थालाई अलोकप्रीय बनाउने काम ओलीले मात्र नभएर नेकपाका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि उत्तिकै जिम्मेवारी भएको दाबी गरे ।
‘कोरोनाबाट मान्छे मरिरहेका थिए । तर नेकपालाई चुनाव हारिरहेका बामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजानु थियो । सभामुखको निर्वाचन नगरी खाली राख्नु थियो । ति सबै कर्तुतका कारण ओली मात्र होइन ’ युवा नेता पौडेलले भने ।
ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थनमा सरकार बनाउँदा नपुगेर अझै धेरै सिट ल्याउन चुनाव गराउँछु भन्नुमा कुनै सत्यता नरहेको बताए । उनले भने ‘ओली चुनावमा गए भने उनका सबै उम्मेदवारको नेपालका सबै निर्वाचन क्षेत्रमा जमानत जफत हुन्छ ।’
उनले सोधे ‘के हार्ने चुनाव ओली गर्न चाहन्छन ? के ओली भनेको गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवा जस्तै चुनाव हारिन्छ भन्ने थाहा हुँदा हुँदै चुनाव गराउन तयार हुन्छन ?’
ओली बैशाख १७ गते गर्ने भनिएको चुनावको तीन दिनअघि १३ गते संकटकाल लगाउने र संकटकाल सकिएपछि राष्ट्रपति शासन लगाउने योजनामा छन ।
उनी संघीयताबादी, गणतन्त्रबादी र लोकतन्त्रबादी नभएर शाही मानसिकताबादी भएको आरोप लगाए । संसद भङ्ग गरेका प्रधानमन्त्री ओलीले आयल निगमको जग्गा खरिद गर्दा भ्रष्टाचारको आरोपमा अख्तियारमा मुद्धा भएको व्यक्ति प्रेम राईको फाइल भएको भन्दै त्यस्ता व्यक्ति अख्तियारमा आएमा भ्रष्टाचारको छानबिन गर्न नसक्ने स्पस्ट पारे ।
संसद नभएको बेला संसदीय सुनुवाई गर्नु नपर्ने थाहा पाएरै ओलीले ज्यादति गरेको भन्दै नेता पौडेलले केपी ओली सत्तामा भइरहेमा नेपाल र उनको हालत निबुवाको रस निचोरेको जस्तो बन्ने बताए ।
नेकपाहरु सत्तामा गएपछि एउटा अध्यक्षले अर्को अध्यक्षलाई आरोपै आरोप लगाएको प्रसंग कोट्याउँदै नेता प्रदीप पौडेलले एउटा अध्यक्षले अर्को अध्यक्षलाई लगाएको आरोप पढ्ने हो भने उनीहरुलाई सत्तामा त के राजनीति गर्ने नैतिकता समेत नरहेको बताए ।
मुलुकमा विद्यादेवी भण्डारी र केपी ओली नेपालको संविधानभन्दा माथि नरहेको भन्दै उनले सांसद अपहरण गर्न जाने अनि अर्काको पार्टी फुटाउन लाग्ने व्यक्तिले देश र जनताको हितको काम गर्छ भनेर नसोच्न पनि आव्हान गरे ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...