
नयाँ बिकल्प,
काठमाडौं – प्रतिनिधिसभा भङ्ग गर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमको बिरुद्ध नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले कम्युनिष्ट अतिबादका बिरुद्ध कांग्रेसले डटेर सामना गर्ने बताएका छन् ।

सोमबार काठमाडौं ९ नम्वर क्षेत्रिय समितिले कलंकीमा आयोजना गरेको विरोध सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले कम्युनिष्ट सरकारको एकाधिकार, अधिनायकबादी चरित्र र असंवैधानिक कदमका बिरुद्ध पार्टी एकजुट भएर लाग्ने बताए ।

नेता गिरीले जहानियाँ राणाशासन, निरुकुंस पंचायति व्यवस्थादेखि माओवादी हिंसाको समेत सामना गरेर आएको कांग्रेसले कम्युनिष्ट सत्ताको अबैधानिक र निरंकुस शासनलाई परास्त गर्ने बताए । नले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनमतका लागि निर्वाचनबाट नभाग्ने घोषणा गरे ।

विरोध सभालाई संवोधन गर्दै नेपाल बिद्यार्थी संघका अध्यक्ष राजिप ढुंगानाले न्यायीयक स्वतन्त्रता र संसदीय लोकतन्त्रमा निश्वास गर्ने पार्टी भएको नाताले कांग्रेस निर्वाचनबाट नभाग्ने बताए ।

काठमाडौं कांग्रेस ९ नम्वर क्षेत्रीय सभापति जयकृष्ण महर्जनको सभापतित्वमा भएको सो विरोध सभामा महिला संघ ९ नम्वर क्षेत्रीय सभापति कल्याणी खड्का लगायतले कम्युनिष्ट एकाधिकार र निरंकुसतालाई परास्त गर्न एकजुट हुन आव्हान गरे।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...