एसएसपी ९ जना डीआईजीमा बढुवा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

एसएसपी ९ जना डीआईजीमा बढुवा


नयाँ विकल्प,

काठममाडौं – नेपाल प्रहरीका ९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) प्रहरी नायव महानिरिक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ति ९ जना एसएसपीहरुलाई डीआइजीमा बढुवा र्ने निर्णय गरेको हो ।

वढुवा सिफारिसमा पर्ने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । डीआईजी हुन २४ एसएसपी प्रतिष्पर्धामा थिए ।

मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो । थपिएको एआईजी दरबन्दीमा डीआईजी विश्वराज पोखरेलको बढुवा मंसिर १५ मगते नै भएको थियो । योसँगै नेपाल प्रहरीमा डीआईजीको संख्या १५ बाट १९ पुगेको छ ।

प्रहरी महानिरिक्षक (आईजीपी) शैलेश थापा क्षत्री र एआईजी बिश्वराज पोखरेलको ब्याचबाट गरी ९ एसएसपीलाई डिआईजीमा बढुवा गरिएको छ । क्षत्रीको ब्याचबाट ९ र एआईजी पोखरेलको ब्याचबाट १५ जना प्रतिस्पर्धामा थिए ।

आईजीपी क्षत्रीको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश ऐर, देबबहादुर बोहोरा र रामकृपाल शाह तथा एआईजी पोखरेलको ब्याचबाट दिवेश लोहनी, पूजा सिंह, मुकुन्द आर्चाय, सुशील यादब र प्रकाश अधिकारी बढुवामा परेका छन् ।

दिवेस लोहनी सनम शाक्य हत्यापछि खुलेको ३३ केजी सुन तस्करी काण्डको अभियोगमा निलम्बनमा परेका थिए । पछि उनलाई निर्दोश सावित गर्दै निलम्बन फुकुवा गरिएको थियो । डीआइजी बढुवा प्रकरणमा आईजीपी क्षेत्रीको भन्दा एआइजी पोखरेलको बोलाबाला भएको देखिएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७७ पुष १३, २०: १६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७७ पुष १३, २०: १६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७७ पुष १३, २०: १६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...