
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हल्कारा’जस्तो भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले प्रधानमन्त्रीले जे सिफारिस गरेपनि खुरुखुरु सद्धर गर्ने प्रकृयाले राष्ट्रपतिको भूमिका प्रधानमन्त्रीको हल्कारा जस्तो भएको आरोप लगाए ।
नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन दिने पक्षमा कांग्रेस कहिल्यै नभएको भन्दै नेता खाँणले संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई नभई जनतालाई मालिक बनाएको बताए ।
‘प्रधानमन्त्री जे पठायो त्यही मसी सुक्न नपाउँदै पास गर्ने भए राष्ट्रपति कार्यालयमा सल्लाहकारहरु किन राखेको ? सरकारी तलब किन खुवाएको ?’ खाँणले प्रश्न गरे । उनले अदालतमा रहेको प्रतिनिधि सभा विघटनको मुद्धा विचाराधीन भएकाले धेरै प्रेसर दिनु उचित नहुने बताए ।
‘संसद विघटनलाइ कांग्रसले अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादको यात्रा ठहर गरिसके पनि अदालतको निर्णयलाई भने स्वीकार गर्छ । अदालतको निर्णयपछि हामी उपयुक्त निर्णय लिन्छौँ, अहिले पर्ख र हेरको अवस्थामा छौँ’, खाँडले भने ।
नेता खाँणले नेकपा नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको भन्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाए ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...