
नयाँ विकल्प
काठमाडौं – कुनै कानूनी राज भएको मुलुक हुँदो हो त आज यो देशका कृषि, उद्योग र गृहमन्त्रीले कि राजिनामा दिइसकेका हुन्थे या उनीहरु बिरुद्ध देशमा सडक आन्दोलनको आँधिबेहरी आउँथ्यो होला ।
तर, नेपालमा एक किसानको आफ्नो उत्पादनको मुल्य पाउन चिसो सडकमा सरकार गुहार्दा गहार्दै जीवनलीला समाप्त हुँदा समेत सरकारले मौनता साँधेको छ । किसान भएर उत्पादन गरेको उखुको मुल्य पाउन मन्त्रीसँग सम्झौता गरेको २४ घण्टा नवित्दै एक किसानको निधन भएको छ ।
किसानबाट उखु लिएर चिनी मिलले उत्पादन बेचेर नाफा भित्र्याएको दुई वर्ष पुगिसक्दा पनि सरकारले उनीहरुबाट मुल्य दिलाई दिने भनी गरेको सम्झौता कार्यान्वयन नहुँदा आन्दोलनमा बसेका किसानको मंगलबार बिहान गंगालाल हृदय केनद्रमा ज्यान गयो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सोमबार मात्र उखु किसानका प्रतिनिधिसँग सम्झौता मार्फत तीन साता भित्र किसानले पाउने सबै रकम भूक्तानी दिलाउने प्रतिवद्धता जनाए । सम्झौता भएको २४ घण्टा नवित्दै किसान आन्दोलनको लागि काठमाडौं आएका एक ६५ वर्षे बृद्धको निधन भएको छ ।
मंसिर २८ गतेदेखि १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय सर्लाही धनकौल छोटवल टोलका उखु किसान नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय केन्द्रमा हृदयघातका कारण निधन भएको हो ।
सरकारले उखु किसानसँग दुई साताअघि नै सहमति वा सम्झौता गरेको भए उनी काठमाडौंको चिसो सडकमा दैनिक १२ घण्टा बस्नु पर्ने थिएन । तर, कहिले सरकारका मन्त्रीले माइतिघरको आन्दोलनमा बस्ने वास्तविक उखु किसान होइन भन्यो भने कहिले उखु किसानले पैशा पाइसकेको तर्क गरे ।
यसरी उखु किसानलाई दोषी ठहर गर्न चिनी मिलको बिचौलियाको भाषा प्रयोग गरेका मन्त्रीहरुले किसानको पैशा नतिर्ने चिनी मिलका मालिकलाई पक्राउ गर्ने भनेर प्रचार गरेको दुई साता वितिसकेको छ । तर, सरकारले कानून बमोजिम दाषी देखिएका न मिल मालिकलाई पक्राउ गर्न सक्यो न किसानलाई मुल्य नै भुक्तान गर्न ।
उखु खेती गर्नकै लागि आफ्नो श्रीसम्पती राखेर बैंकसँग २४ लाख ऋण लिएका रायले घर परिवार चलानउ नसक्दा तनाव नै तनावकाबीच काठमाडौंको चिसो सडकमा धर्ना दिँदै आएका जसले गर्दा तनावसँगै थपिएको उच्चरक्तचापले उनको इहलीला समाप्त भयो ।
सरकार र सरकारमा रहेका मन्त्रीहरु साँच्चिकै जिम्मेवार हुन्थे भने उखु किसानले आफ्नो उत्पादन बेचेको मुल्य पाउन काठमाडौं आउनु पर्ने थिएन । सरकारका जिम्मेवार निकायले आफ्नो दायित्व र कर्तव्य पुरा नगरी मिल मालिकको बिचौलियको भूमिका निर्वाह नगरी किसानमैत्री कार्य गरेको भए उनको निधन नहुन सक्थ्यो ।
मृतक नारायण राय यादवले सर्लाहीमा रहेको अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार पाउन बाँकी थियो भने बैंकको रू १८ लाख ऋण रहेको थियो ।
आफूहरु सत्तामा जान नपाएको र सुविधा नपाएको भन्दै मंगलबार सत्तारुढ दल नेकपाका नेताहरु सडक आन्दोलनमा भए पनि उनीहरुले ८० प्रतिशत किसान रहेको मुलुकमा एक किसान आफ्नो पसिनाको मुल्य माग्न शान्तिपूर्ण धर्नामा बसेकैले मृत्युवरण गर्दा समेत कुनै आजाव उठाएनन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...