अपराध नियन्त्रणका लागि चितवन प्रहरीकाे घरदैलो अभियान – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

अपराध नियन्त्रणका लागि चितवन प्रहरीकाे घरदैलो अभियान

नयाँ विकल्प

अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेकोे सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताए । अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालयनै धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

“हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय एकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भीड कम भएको छ ।” उनले भने अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ । चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागुऔषध दुव्र्यसनीलाई मूल्याङ्कन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

कानून र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिटलगायतका घटनामा उल्लेख्य कमी आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

दुई वटा मोटरसाइकलमा चार जना महिला प्रहरी यस अभियानमा खटिएका छन् । यसको प्रभाव राम्रो रहेको उनले बताए । उनले भने , “स्थानीय समुदाय र पीडितले खुलेर आफ्ना समस्या राख्न सकेमा अपराध नियन्त्रणमा सहयोग पुग्छ ।”

सम्बन्धित समाचार

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७७ पुष १६, ११: ५३

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...

गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
  • २०७७ पुष १६, ११: ५३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...

शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
  • २०७७ पुष १६, ११: ५३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...