चितवनमा सुकुम्वासीलाई लालपूर्जा वितरण शुरु – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

चितवनमा सुकुम्वासीलाई लालपूर्जा वितरण शुरु

नयाँ विकल्प

चितवन- रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ ।

नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो । बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन तथा सुकुम्वासी समुदायबाट निवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

एक हस्ताभित्र सुकुम्वासीबाट लालपूर्जाको लागि फारम भर्ने काम शुरु गर्ने गरी तयारी गरिएको उनले बताए। फारम भर्ने काम एक महिनाभित्र सकेर अन्य कामलाई अगाडि बढाउने योजना रहेको प्रमुख वनको भनाइ छ । यही बीचमा जग्गा वितरण गर्ने आधार निर्माण गर्ने तथा नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने बैठकले निर्णय गरेको छ । तत्कालै तथ्याङ्क सङ्कलकलाई अभिमुखीकण कार्यक्रमको आयोजना गरी कार्यक्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

बैठकमा उपप्रमुख बिमला दुवाडी, नेकपाका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, कार्यपालिका सदस्य सरस्वती लामा, रीता विक, गीता दाहाल, लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह लामाको सहभागिता रहेको थियो । रत्ननगरमा एक हजार ५०० बढी सुकुम्वासीको घरधुरी रहेको तथ्याङ्क छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७७ पुष १६, १३: ३४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७७ पुष १६, १३: ३४

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७७ पुष १६, १३: ३४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...