
नयाँ विकल्प,
विराटनगर – आफूबिरुद्ध अविश्वास प्रस्ताव पेश गर्दै संसदीय दलको नेताबाट हटाउने निर्णय गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश नं १ का प्रचण्ड–माधव नेपाल समूहका १५ प्रदेश सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्वन गरेका छन् ।
बिहीबार मात्र प्रचण्ड–माधव समूहका ३६ प्रदेश सांसदले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । उनलाई मुख्यमन्त्रीबाट हटाउन यसअघि नै अविश्वासको प्रस्ताव पेश भएको थियो ।
अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिसकेका थिए भने विहीबार मात्रै दलको नेता चयन गरेका थिए । त्यसको प्रतिउत्तरमा ओली समूहका मुख्यमन्त्री राईले आचार्यसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेका छन् ।
आचार्यसँगै निवर्तमान प्रदेशका मन्त्री ईन्द्र आङ्बो, जीवन घिमिरे, राज्यमन्त्री विजयकुमार विश्वास तथा सावित्राकुमार रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठलाई निलम्बन घोषणा गरिएको छ ।
यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका थिए । मुख्यमन्त्री राईले काटेको पत्रमा नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन नपाउने गरी निलम्बन गरिएको जनाइएको छ ।
राईबिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दा निबर्तमान मन्त्री इन्द्र आङ्बो प्रस्तावक र तेह्रथुमका प्रदेश सांसद लक्षुमन तिवारी समर्थक थिए । प्रदेश नं १ मा ९३ जना प्रदेश सभासद् छन् । ति मध्ये नेकपासँग ६७ सांसद रहेका छन् ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...