देशमा उत्तर र दक्षिणको खुला परेड शुरु भयो –पूर्वराष्ट्रपति डा. यादव – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

देशमा उत्तर र दक्षिणको खुला परेड शुरु भयो –पूर्वराष्ट्रपति डा. यादव

नयाँ विकल्प,
काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रतिनिधिसभा विघटन गरी असंबैधानिक कार्य गर्दा मुलुक पुनः अनिश्चितताको बाटोमा धकेलिने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


उनले असंवैधानिक तरिकाबाट संसद विघटन हुँदा विदेशीको पनि ध्यान तानिएको भन्दै दुई ठूला देशका बीचमा आफूहरु तानातानमा परेको तथा उत्तर र दक्षिणको खुला परेड शुरु भइसेको जनाए ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनले संविधान, संविधानवाद, राष्टियता सबैमाथि दूरगामी प्रभाव पार्दा देश अनिश्चितताको बाटोमा गइरहेको बताए ।

कार्यकारीबाट असंवैधानिक ढंगबाट भएको यस्तो कदमको टुंगो लगाएर संवैधानिक बाटोमा ल्याउने भन्नेबारे राजनीतिक दल , पत्रकार, नागरिक समाज जिम्मेवारी भएको उनले बताए ।

डा. यादवले सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने डा. यादवले विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभामा ३ करोड नेपालीको प्रतिनिधि बस्ने थलो भएकोले यसलाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको उनको धारणा थियो ।

नेपालको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशहरुले अहिले नेपालमा परेड खेल्ने काम गरेको भन्दै नेपालले स्वस्थ विदेश नीति नलिएसम्म देशलाई बचाउन कठिन हुने पूर्वराष्ट्रपति डा. यादवले चेतावनी दिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकषर्ण गरेको भन्दै त्यो देशका लागि सुखद नहुने धारणा राखे ।

कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको प्रतिनिधिमूलक संस्थालाई ध्वस्त पारेर आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेपनि निर्वाचन असम्भव रहेको बताए । उनले सरकारलाई दबाद दिन सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्नेमा जोड दिए ।

तेज–तीर्थ ट्रष्टले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पूर्वराष्टपति यादवले
पत्रकारद्वय अजयबाबु शिवाकोटी र निर्मला आचार्य, इतिहासविद् योगेन्द्रमान शाक्य, प्रजातान्त्रिक योद्धा शिव कंगाल र साहित्यकार नारायण देवीलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७७ पुष १६, १६: १९

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७७ पुष १६, १६: १९

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७७ पुष १६, १६: १९

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...