पाइपलाईन निर्माणपछि मासिक सरदर १४ करोड ७० लाख बचत गर्दै आयल निगम – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

पाइपलाईन निर्माणपछि मासिक सरदर १४ करोड ७० लाख बचत गर्दै आयल निगम


नयाँ विकल्प,
काठमाडौं – नेपाल आयल निगमले पाइपलाईनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न थालेपछि मासिक सरदर १४ करोड ७० लाख रुपैयाँ बढी खर्च बचत गर्दै आएको छ ।

निगमले एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ बचत गरेको छ । निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणपछि पाइपबाट डिजेल ढुवानी गर्दा एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्ष २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल ढुवानी सुरु गरेको थियो ।

निगमको २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ । एक महिनामा सरदर १४ करोड ७० लाख रूपैयाँ बचत भएको छ । मासिक १४ करोड ७० लाखका दरले एक वर्षमा करिब एक अर्ब ७६ करोड रूपैयाँ बचत भएको देखिन्छ ।

पाइपबाट डिजेल ल्याउन थालेको १५ महिनामा साढे दुई अर्ब रूपैयाँ हाराहारी बचत निगमले जनाएको छ । गत वर्षको भदौदेखि अहिलेसम्म करिब आठ लाख किलोलिटर डिजेल पाइपमार्फत आयात भएको निगमको प्रदेश नं २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जले जनाएको छ ।

निगम र आइओसीको संयुक्त लगानीमा पाइपलाइन निर्माण गरिएको थियो । पाइपबाट डिजेल ल्याउन सुरु भएपछि प्रदूषण न्यूनीकरण भएको छ । परिमाण र गुणस्तर सुनिश्चित भएको, प्राविधिक नोक्सानीमा कमी आएको, ढुवानीको क्रममा हुने चुहावट रोकिएको निगमले जनाएको छ ।

निगमको अमलेखगन्ज डिपोमा पाइपबाट वार्षिक २० लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने क्षमता रहेको छ । भारतको सिलगुडीबाट झापासम्म पनि दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्ने प्रक्रिया अघि बढीरहेको छ ।

कोभिड–१९ को कारण गत वर्ष व्यापार, व्यवसाय घाटामा गए पनि निगमको नाफा भने बढेको छ । इन्धन कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७६–७७ मा नाफा करिब चार अर्ब १२ करोड रूपैयाँले बढाएको हो ।
गत आर्थिक वर्षमा निगमले १२ अर्ब ८७ करोड रूपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०७५–०७६ मा आठ अर्ब ७५ करोड रूपैयाँ निगमले नाफा कमाएको थियो ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी गर्दा रकम बचत, अघिल्ला वर्षको नाफा रकमको ब्याज आदिका कारण नाफा बढेको बताउँछन् ।

लामो समयदेखि ऋणमा रहेको निगमले आर्थिक वर्ष ०७४–०७५ देखि नाफा कमाउन थालेको हो । अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफा कमाउँदै आएको छ ।

पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड बचत, बैंक ब्याजबाट मात्र एक अर्ब ७७ करोड रूपैयाँ आम्दानी गरेको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७७ पुष १६, १७: १०

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७७ पुष १६, १७: १०

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७७ पुष १६, १७: १०

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...