
नयाँ विकल्प,
जाजरकोट – कर्णाली प्रदेश सभाका सांसद एवम् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको सवारी साधन अज्ञात व्यक्तिलले विहीबार साँझ जलाइ दिएका छन् ।
समिति सभापति सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७ स्थित पुन्मामा सडक छेउ पार्किङ गरी राखिएको अवस्थामा बिहीबार राति १० बजेतिर आगो लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराए पनि आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको जनाए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सत्तारुढ नेकपामा पुस ५ गतेदेखि देखिएको बिबादपछि प्रदेश सांसद सिंह पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा सक्रिय रहँदै आएका थिए । सभापति सिंहलगायत नेता कार्यकर्ताले भेरी नगरपालिका ७, स्याउलीमा शुक्रबार हुने पार्टी कार्यक्रममा जाने तयारी गरेका थिए ।
पार्टीको आमसभा, संगठनलगायत कार्यक्रममा सभापति सिंहले सरकारी गाडी प्रयोग गरेको झाेंकमा आगलागी गरिएको आशंका गरीएको छ । यसअघि सभापति सिंहले सो गाडी सुर्खेतमा घाँस बोक्न प्रयोग भएको भनेर आलोचना भएको थियो । अहिलेसम्म घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...