पूर्वराजा ज्ञानेन्द्र नयाँ वर्ष मनाउन पुगे होटल मेचि क्राउनमा – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

पूर्वराजा ज्ञानेन्द्र नयाँ वर्ष मनाउन पुगे होटल मेचि क्राउनमा


नयाँ विकल्प,

झापा – पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ बर्षको अवसरमा पारेर झापास्थित पाँच तारे होटल मेचि क्राउनमा गएका छन् ।

पुस १२ गते आइतबार परिवारका सदस्य नलिइ एक्लै दमकस्थित हिमालय गुडरिकमा रहेको निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र बिहीबार साँझ मेचीनगरस्थित मेचीक्राउन होटलमा गएका हुन् ।

नयाँ वर्ष २०२१ मनाउनका लागि केही सहयोगी र सुरक्षाकर्मीसहित साँझ ८ बजे होटल पुगेका पूर्वराजा ज्ञानेन्द्र राति नै दमक फर्किएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले बताए ।

पूर्वराजा ज्ञानेन्द्रले होटलका संचालक र केही कर्मचारीसँग सामूहिक फोटो पनि खिचाएका थिएव । एक सातादेखि दमक बस्दै आएका ज्ञानेन्द्रले आफन्त, आफ्ना सहयोगी मित्रबाहेक राजनीतिक दलका नेताहरुसँग भने भेट गरेका छैनन् ।

मेची क्राउन होटल उपत्यकावाहिरको दोश्रो पाँचतारे होटल हो । उपत्यकावाहिरको पहिलो पाँच तारे होटल पोखरास्थित फुलबारी होटल हो । यो होटल यसै वर्षदेपखि संचालनमा आएको हो ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७७ पुष १७, १४: ०८

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७७ पुष १७, १४: ०८

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७७ पुष १७, १४: ०८

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...