
इलाम- इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पुशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।
दुई वर्ष अघिसम्म इलामको तरकारी र पशु बजार कहाँ राख्ने टुङ्गो थिएन । जिल्लाको प्रशासनिक केन्द्र बनेको २०० वर्ष पुग्दै गर्दा पनि इलाम सदरमुकाममा तरकारी र पशु बजारको स्थायी संरचना पनि बनेका थिएनन् । इलाम नगरपालिकाले बजार क्षेत्रको अस्पताल खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।
गनाउने खोल्सीलाई व्यवस्थित गरी तरकारी बजार बनाएपछि अहिले किसान, व्यापारी र उपभोक्तालाई पनि राम्रो भएको तारिबारीका किसान सुप्रिम घिमिरेले बताए । उनले भने ,“पहिले फोहरको डङ्गुर थियो हिँड्न पनि सकिदैनथ्यो, अहिले सुन्दर तरकारी बजार र पशु बजार बनेको छ ।”
नगरपालिकाले फोहर फ्याक्ने खोल्सीलाई व्यवस्थित गरी बजार विस्तार गरेपछि उपभोक्ता हर्षित भएको घिमिरेले बताए । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशु बजार निर्माण गरेको हो । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारी पार्किङ गर्ने स्थान रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
नगरपालिकाले पटक–पटक गरेर एक करोड ९० लाख २६ हजार ८५३ रुपैयाँ अस्पताल खोल्सी व्यवस्थित गर्न खर्च गरेको छ । एक हजार ९७३ घन मिटर ग्याबिन पर्खाल, १७४ मिटर नाली निर्माण, चार वटा टहरा, ढुङ्गाको सिँढी, रेलिङलगायतका संरचना निर्माण भएका छन् । तरकारी र पशु बजारको संरचना निर्माणपछि इलाम नगरपालिकाले सो क्षेत्रमा साइन्स पार्कसमेत निर्माण गर्दै छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...