गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

नयाँ विकल्प

बाग्लुङ- बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ ।

आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए । आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठीएको अवस्थामा रहेको बताइएको छ । चितुवा घर–घरमै पुगेपछि स्थानीयवासीले लखेटेका थिए ।

पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सव डिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले जानकारी दिए ।

“हामिले जङ्गलतर्फ भगाउनका लागि धेरै प्रयास गरिसक्यौं, केही गर्दा चलेन” प्रहरी हबल्दार नवराज रिमालले भने, “चितुवा लठ्ठिएको अवस्था थियो, वनको अनुमतिमा नियन्त्रणमा लियौं ।” चितुवालाई आज सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालय ल्याईंदै छ ।

“यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौं, समान्य अवस्था भए वनमा छोडिदिने हो, बिरामी भए उपचार गरेर छोड्छौं ” डिभिजन वन अधिकृत अधिकारीले भने, “असामान्य अवस्थामा रहेको खबर छ, पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।”

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७७ पुष २०, १२: ३८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७७ पुष २०, १२: ३८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७७ पुष २०, १२: ३८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...