प्रचण्डपत्नी सीतालाई मुम्बइ जानुअघि भेटे विप्लवका छोरा प्रकासले – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

प्रचण्डपत्नी सीतालाई मुम्बइ जानुअघि भेटे विप्लवका छोरा प्रकासले


नयाँ बिकल्प,
काठमाडौं –पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीतालाई अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोराले सोमबार भेटेका छन् ।
पार्किन्सन जस्तै लक्षण देखिएको रोगबाट पीडित प्रचण्ड पत्नी सीतालाई सोमबार थप उपचारका लागि भारतको मुम्बई लैजानुअघि विप्लवपुत्र प्रकाशले बिहान भेट्न खुमलटार नै गएका थिए ।
एमवीवीएस अध्ययन पुरा गरी चिकित्सा पेशा अँगाल्दै आएका विप्लवपुत्र प्रकाशले स्वास्थ्यसम्बन्धी केही सुझावका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रकाशले सीतालाई ‘आमा’ भनेर सम्बोधन गर्दा सीताको गहभरि आँशु भरिएको तस्वीर सार्वजनिक भएको छ ।
प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको थियो । सीतासँगै प्रचण्ड, छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि नयाँ दिल्ली हुँदै मुम्बइ तर्फ लागेका छन् ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २०, १४: ५३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २०, १४: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ पुष २०, १४: ५३

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...