
काठमाडौँ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र सचिवस्तरिय सयुक्त आयोगको बैठकमा सहभागि हुन ज्ञवली भारत जान लागेका हुन् ।
मंसिर अन्तिम साता नै भारत भ्रमणको योजना रहेपनि सत्तारुढ दल नेकपा भित्रको बिबाद र किचलोले गर्दा स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ज्ञवलीको यो भ्रमण हो ।
यो भ्रमणलाई नेपालको राजनीतिक उतार चढाव र प्रतिनिधिसभाको निर्वाचनको विषयमा भारतीय पक्षको समर्थन र सहयोग लिने प्रयासको रुपमा लिइएको छ ।
भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी हुन लागेका हुन् । गत नोभेम्बर २६–२७ मा भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गलाको नेपाल भ्रमण भएको थियो । त्यसपछि मन्त्रीस्तरीय आयोगके बैठक भारतमा हुने तय भएको थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमणको लागि तयारी भए पनि मिति निर्धारण चाँडै हुने भन्दै आइतबार नयाँ बिकल्पसँग बताएका थिए । ज्ञवालीको भारत भ्रमणको व्यवस्थापन र तयारी भइरहेको भन्दै भारतीय दूतावासले पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण गर्ने चाहनालाई स्थगित गर्दै आएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र १० दिनदेखि झापाको दमकमा बस्दै आएका छन् । उनी भारतको निम्ता प्रतिक्षामा थिए । उनी बागडोग्रा हुँदै नयाँ दिल्ली जाने योजना पनि केही साता पर सर्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...