
नयाँ विकल्प
एजेन्सी-ट्रम्प समर्थकले फैलाएको वासिङ्टन हिंसामा मर्नेको संख्या चार पुगेकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसाले उग्र रूप लिएकाे अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
संसद भवनमा हिंसा भडिकिएपछि सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए। ट्रम्पका समर्थकहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए।
मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।
वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन्। यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए।ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए।
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...