नेपाल –माल्टा संसदीय मैत्री समूह गठन – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

नेपाल –माल्टा संसदीय मैत्री समूह गठन


नयाँ विकल्प

लण्डन – नेपाल तथा माल्टाका सार्वभौम ससदबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवम् दुवै मुलुकका संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदान प्रदान गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा माल्टा –नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ ।

माल्टा –नेपाल नेपाल संसदीय मैत्री समूहमा गणतन्त्र माल्टाको प्रतिनिधि सभाका सांसदहरु क्रिस फेअर्न, इडवार्ड जमित लेविस, ग्लेन फेडिङ फिल्ड, डेभिड अगिस र रोवर्ट कटजर रहेका छन् ।

संयुक्त अधिराज्य (बेलायत) तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा बुधबार सो संसदीय मैत्री समूह गठन भएको बेलायतस्थित दूतावासले जनाएको छ ।

युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवम् मैत्रीपूर्ण सम्बन्ध रही आएको छ । यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवम् माल्टा –नेपाल च्याम्बर अफ कमर्सको स्थापना भइसकेको छ ।

सम्बन्धित समाचार

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७७ पुष २३, १४: १५

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २३, १४: १५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २३, १४: १५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...