बाँकेमा एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

बाँकेमा एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु

नयाँ विकल्प

नेपालगञ्ज- बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ ।

झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा उक्त चौकीको निर्माण हुन लागेको छ । भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ ।

निर्माणअन्तर्गत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सैँ घण्टा सञ्चालन भइरहेका छन् । भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एकीकृत भन्सार जाँचचौकी बन्न लागेको हो । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ ।

अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ विगाहा जग्गा बाटोका लागि छुट्याइएको छ । सो जाँचचौकी निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ ।

जाँचचौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने नेपालगञ्ज उपमहानगरपालिकााका प्रमुख डा धवलशम्शेर राणाले बताए । नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँचचौकी कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालका अनुसार, नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख गरिएको छ । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फ हुने सम्झौता भएको जनाइएको छ । इञ्जिनीयर भुसालले जाँचचौकी निर्माणका लागि झण्डै रु एक अर्ब ३६ करोड (भारतीय रुपैयाँ) छुट्याइएको जानकारी दिए। आवश्यकताअनुसार रकममा थपघट हुनसक्ने उनले बताए ।

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७७ पुष २४, १२: ३२

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७७ पुष २४, १२: ३२

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
  • २०७७ पुष २४, १२: ३२

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...