बयलगाडा प्रदर्शन गर्ने विद्यार्थीमाथि प्रहरीकाे हस्तक्षेप – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

बयलगाडा प्रदर्शन गर्ने विद्यार्थीमाथि प्रहरीकाे हस्तक्षेप

नयाँ विकल्प,

काठमाडाै –नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले ललितपुर पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्।

संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले रिक्सामा बयलगाडाको जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए। बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो। यस्तै आजै दिउँसो २ बजे माइतीघर मण्डला र भक्तपुरको सानोठिमीमा अपरान्ह ४ बजे बयलगाडाको स्वरूप बनाएर प्रदर्शन गर्ने कार्यक्रम छ।

संसद् विघटनपछि नेकपामा दुई समूह विभाजित छन्। प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध विभिन्न जुलुस तथा प्रदर्शन गर्दै आएको छ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २६, १२: १४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २६, १२: १४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २६, १२: १४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...