नेकपा ओली समूहको केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाइयो – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

नेकपा ओली समूहको केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाइयो


नयाँ बिकल्प,

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा टुक्रिएपछि एउटा समूहको नेतृत्व गर्दै आएका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या एक हजार पाँच सय एक पुर्याएका छन् ।

मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिकामार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । निर्देशीकामा ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ ।

यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’ भनिएको छ । पुस ९ मा सम्पन्न नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको थियो ।

यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्याएका थिए । थप गरिएका ४ सय जना केन्द्रीय सदस्य को को हुन भनेर सार्वजनिक गरिएको छैन ।

बालुवाटार स्रोतका अनुसार नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा रहेका असन्तुष्टलाई पद दिनका लागि तीन सय सिट खाली राखिएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण हुँदा एकीकृत पार्टी नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ हो । त्यसमा पछि ४ जना सदस्य थपिएको थियो ।

ओलीले पुस ५ गते बालुवाटारमा आफू निकटका करिव एक सय १३ जना केन्द्रीय सदस्यहरुको भेला बोलाई थप ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरे । उनले एक हजार एक सय ९९ जना केन्द्रीय कमिटी सदस्य हुने भने पनि वाँकी केन्द्रीय सदस्यको मनोनीत गरिसकेका छैनन् ।

नेकपाका केन्द्रीय कमिटि सदस्य युवराज खतिवडासहित पाँच जना सदस्य राजदूत नियुक्त र अन्य संवैधानिक पदमा नियुक्त भइसकेका छन भने पाँच जनाको निधन भइसकेको छ । त्यसैले बैधानिक रुपमा नेकपामा हाल ४ सय ३७८ सदस्य मात्र छन् ।

नेकपाको मूल धार ओली समूह हो वा प्रचण्ड –नेपाल समूह हो भन्ने विषयमा निर्वाचन आयोगले बिबाद निरुपण गरिनसकी अहिले कुनै एकलाई मान्यता दिने अवस्था छैन ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २७, १३: ००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २७, १३: ००

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २७, १३: ००

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...