
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन गर्ने सिफारिस बद्धरको माग गर्दै दिएको रिटको सुनुवाई सर्वोच्च अदालतले गरिनसकेकाले निर्वाचनका कुनै पनि प्रक्रिया अघि नबढाउन निर्वाचन आयोगसमक्ष माग गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सर्वोच्चमा बिचाराधिन विषय किनारा नलागेको अवस्थामा निर्वाचनका सम्पूर्ण तयारी रोख्न सोमबार निर्वाचन आयोग समक्ष माग गरेको हो ।
आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधिहरूलाई रोक्न अनुरोधका लागि नेकपाको प्रचण्ड र नेपाल समूहका स्याथी समिति सदस्य लीलामणि पोखरेल, रघुजी पन्तले नेता प्रचण्ड र नेपाललाई लिएर निर्वाचन आयोग गएका हुन् ।
प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियालगायत पदाधिकारीलाई भेटेर पार्टीको आधिकारिक पत्र बुझाएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्म ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई अनुरोध गरिसकेको छ । सरकारको अनुरोध बमोजिम नै निर्वाचन आयोगले विभिन्न सरोकारवाला मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...