राष्ट्रिय एकता दिवस मनाउनु भनेको राजतन्त्र स्विकार्नु होइन – कांग्रेस नेता गिरी – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

राष्ट्रिय एकता दिवस मनाउनु भनेको राजतन्त्र स्विकार्नु होइन – कांग्रेस नेता गिरी


नयाँ विकल्प,
काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले २९९ औं रास्ट्रिय एकता दिवस मनाउदै गर्दा आमनेपाली जनता सार्बभौमसत्ता र राजकीयसत्ताका मालिक भइसकेको एबम् संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको अवस्थामा कुनै पनि अर्थमा कुनै प्रकारको राजतन्त्र नेपाली जनतालाई स्वीकार्य नहुने बताएका छन् ।

नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने नेपालको राजनीतिक ,सामाजिक र सास्कृतिक एकीकरण बीपी कोइरालाले गर्नुभएको धारणा राख्दै गिरीले बीपीको आदर्शको जगमा नै आजको नेपाल अगाडि बढीरहेको कुरा बताए ।

पृथ्वी नारायण शाहको २९९ औं जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा सोमबार एक रेडियोलाई दिएको अन्तर्वार्तामा नेता गिरीले बर्तमान सरकार संबैधानिक परिषद माथी ‘कु’ गरेर असम्बैधानिक र निरंकुश बाटोमा अगाडि बढेको आरोप लगाए ।

उनले भने ‘राजनीतिक तरल अवस्थाको फाइदा उठाउने प्रयास पूर्वराजा र राजाबादीहरुले गरिरहेका छन् । तर अब घडीको सुइ उल्टो घुम्न सक्दैन । सरकारको गलत नीति र रबैयाका कारण देश अन्यौलतामा गइरहेकोले नेपाली कांग्रेसले मुलुकलाई संबैधानिक र लोकतान्त्रिक मार्गमा ल्यान प्रयास गरिरहेको छ ।’

संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बद्र्धन गर्न काग्रेस सक्षम रहेको भन्दै उनले मुलुक कम्युनिस्ट अधिनायकवाद र प्रतिगामी चिन्तनबाट प्रताडित भएकाले दुबै अधिनायकवादी चिन्तनबाट मुलुकलाई जोगाउनु आजको आबश्यकता रहेको बताए ।

‘गौरबमय इतिहास, जिम्मेवार बर्तमान र उज्यालो भबिस्य बोकेको कांग्रेसले कुनै पनि अतिबादसँग सम्झौता गर्दैन’, गिरीले भने, ‘१०४ बर्षको राणा शासन, २४० बर्षको निरंकुश राजतन्त्र अन्त्य गर्ने कांग्रेसले नेकपा केपी ओलीको अधिनायकवादलाई सहजै पराजित गर्न सक्छ ।’

एउटा बेग्लै प्रसंगमा गिरीले सडकमा छिट्पुट नारा लाग्दैमा २०५८ जेठ १९ गतेको दरबार हत्या काण्डसंगै सामाजिक रुपमा अन्त्य भईसकेको र ऐतिहासिक संबिधान सभाले बिस्थापित गरिसकेको राजतन्त्र नेपालमा अब कुनै हालतमा नफर्कने दाबी गरे ।

कांग्रेसले नै मुलुकमा बिकास र समृद्धि ल्याउने हँुदा नेपालमा अब कम्युनिस्टहरुको भबिस्य नरहेको भन्दै गिरीले आगामी निर्बाचनमा जनताको मतद्वारा शक्तिशाली रुपमा कांग्रेस उदाउने दाबी गरे ।

एकता दिवसलाई सबै जातजाती र समुदायको बीच एकता, सद्भाव र मेलमिलाप गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र लाई मजबुत बनाएर नेपाललाई आधुनिक र समृद्ध बनाउन अत्यावश्यक भएको भन्दै नेता गिरीले सबैतहको आन्दोलनमा सक्रिय रहन कार्यकर्तालाई आग्रह गर्दै अब मुलुकको नेतृत्व लोकतान्त्रिक बिधिबाट नै कांग्रेसले गर्ने दाबी गरे ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २७, १७: ५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २७, १७: ५८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २७, १७: ५८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...