निर्वाचनको सुरक्षा याेजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

निर्वाचनको सुरक्षा याेजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

नयाँ विकल्प

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् । उनले भने यो ,’ स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहाेस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहाेला कुनै कमि हुन दिइनेछैन ।’

शान्ति सुरक्षा, सिमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेकाे सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए । थापाले भने , फिल्डमा उच्च मनाेबलका साथ काम गर्नुहाेस्, तपाईंहरुलाई कुनै चुनाैति आए गृहमन्त्रालयबाट सहयाेग र संरक्षण हुनेछ।’

बढुवा भएका अधिकृतहरुकाे जिम्मेवारी थप बढेकाे भन्दै गृहमन्त्री थापाले भने , अहिलेसम्मकाे अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताकाे हितलाई केन्द्रमा राखेर काम गर्नुहाेस् ।कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी रहेका थिए ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २८, १३: ३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २८, १३: ३३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २८, १३: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...