
काठमाडौ – कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसिया सरकारले संकटकाल घोषणा गरेपछि त्यहाँको संसद पनि स्वतः निलम्वन भएको छ ।
मलेसियाका प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाहले संकटकाल घोषणा गरेका हुन् । संकटकाल कोरोना महामारीको जोखिमको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघिसम्म लागू हुन सक्छ ।
मलेसियामा संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ भने प्रधानमन्त्री यासिनले आफ्नै स्वेच्छाले सरकार सञ्चालन गर्न पाउने भएका छन् । सोमबारसम्म यासिनले संकटकाल घोषणाको कुनै संकेतसम्म पनि गरेका थिएनन्।
प्रधानमन्त्री यासिनको यस्तो कदमपछि राजनीतिक वृत्तमा यसले ठूलो झट्का दिएको छ । ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको थियो । यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए ।
त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।
मलेसियामा पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो। लुटपाट समेत बढेको थियो।
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...