नेकपा बिबाद हेर्ने आयोगका सहसचिवलाई १० महिना नुपग्दै ओलीको निर्देशनमा हटाइयाे – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

नेकपा बिबाद हेर्ने आयोगका सहसचिवलाई १० महिना नुपग्दै ओलीको निर्देशनमा हटाइयाे

नयाँ विकल्प,
काठमाडौं । बिबादित नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगको कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ ।

उनी कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख समेत हुन् । निजामति सेवा ऐन बमोजिम सामान्यता कार्यरत कर्मचारीको सरुवा दुई वर्ष नभई गर्न पाइँदैन ।

आयोगमा दश वर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला १० महिनाअघि आयोगमा आएका गौतमलाई सरुवा गरिनु निर्वाचनमा प्रभाव पार्ने क्रियाकलाप भएको बताइन्छ ।
गौतमलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको छ । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई लगिएको छ । गौतमले गत फागुनमा आयोगको कानून शाखामा जिम्मेवारी सम्हालेका थिए ।
सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतका अनुसार पछिल्लो समय गौतमलाई बालुवाटार (ओली पक्ष)ले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो ।
तर गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने बताउँदै आएका थिए । चुनाव चिन्ह सूर्य र नेकपा आधिकारिक रुपमा आफैले पाउने भन्दै हिँडेका प्रधानमन्त्री ओलीले आफू अनुकूल निर्णय नआउने देखेपछि कानूनका सहसचिव गौतमलाई सरुवा गरेका हुन् ।
गृह मन्त्रालयका सापकोटा भने प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २९, १४: २५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २९, १४: २५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २९, १४: २५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...