काँग्रेस सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

काँग्रेस सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

नयाँ विकल्प

काठमाडाैं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्नेे आफ्नै परम्परा रहको उल्लेख गरे । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा मनाउने हाम्रो प्रचलन छ ।

सभापति देउवाले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ १, १४: ४९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ १, १४: ४९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ १, १४: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...