
काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ । उक्त पार्टीको काठमाडाँै महानगर समितिद्वारा यहाँ आयोजित विरोध ¥याली शान्तिबाटीकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुुगेर सभामा परिणत भएको थियो ।
सभामा पार्टी नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाए । पूूर्वउपप्रधानमन्त्री सिंहले भने, “प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुुपर्छ भन्ने लोकतान्त्रिक मूूल्य मान्यतासँग मेल खाँदैन ।”
न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफूू विश्वस्त रहेको बताउदै नेता सिंहले भने, “हल्ला त अनेकाँै चलेका छन्, न्यायमूूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुुग्नेछन् ।, विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ ।”
राजनीतिलाई सही मार्गमा हिडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उनले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गरे । सो अवसरमा काठमाडौं उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्यलगायतले प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवादको निरुपण भनेको संसद्को पुुनःस्थापना एकमात्रै बाटो भएको धारणा व्यक्त गरिन् ।
यसैबीच, प्रतिनिधिसभा विघटनको विरोध र पुुनःस्थापनाका लागि माग गर्दै वरिष्ट चिकित्सक डा गोविन्द केसी, पत्रकार नारायण वाग्ले, अधिवक्ता ओम अर्याललगायत नागरिक समाजका अगुुवाले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरेका छन् । सवैधानिक सर्वोच्चता र न्यायिक सुुशासन कायम गरियोस्जस्ता नारा लेखिएको प्लेकार्ड लिएर एक घन्टा उभिएर प्रदर्शन गरेपछि डा केसी र पत्रकार वाग्ले जनताको सेवाका लागि गठित सरकारबाट नै संविधानको गलत व्याख्या र प्रयोग भएकाले न्यायालयबाट संविधानको संरक्षण र सही व्याख्या होस् भन्ने अपेक्षा गरिएको बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...