भरतपुर कृषि र पर्यटकको आकर्षण केन्द्रः मेयर रेनु दाहाल – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

भरतपुर कृषि र पर्यटकको आकर्षण केन्द्रः मेयर रेनु दाहाल


नयाँ विकल्प
चितवन‐भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको बताएकी छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ कमलपोखरी स्थित पटिहानीमा घरेलु उपज प्रदर्शनी कक्षको सोमबार शिलान्यास गर्दै मेयर दाहालले महानगरले पर्यटन र कृर्षिलाइ एकीकृत रूपमा विकास गरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताएकी हुन् ।


कार्यक्रममा बोल्दै दाहालले पर्यटकीय क्षेत्रको रुपमा विकाश हुँदै गइरहेको पटिहानीमा औद्योगिक उपज प्रदर्शनी कक्ष निर्माणको लागि छनौट गरिएको बताइन् । यसले उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आर्थिक गतिबिधिमा बढावा दिने साथै स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो ।


प्रमुख दाहालले भरतपुर महानगरपालिका शिक्षा, स्वास्थ्य, पूर्बाधार, कृषि, पर्यटनको समानुपातिक विकासमा योजनाबद्ध ढंगले दिगो र आत्मनिर्भर बिकासको क्षेत्रमा कृयाशील रहेको बताउँदै यसबाट अत्याधिक लाभ लिन महानगरबासीलाई आग्रह गरिन् । मेयर दाहालले अबका दिनमा महानगरपालिका बिकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै सम्पूर्ण आयोजनाहरू आफ्नै कार्यकालमा पूरा गर्ने योजनाका साथ अगाडि बढेको जानकारी दिइन् ।


जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला औद्योगिक विकास समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए । डल्लाकोटीले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनी कक्षले यस क्षेत्रको औद्योगिक पर्यटकीय गतिबिधिहरूको विकास र विस्तारमा सहयोग हुने उल्लेख गरे ।

प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिब डा. सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिरहेको बताउँदै निर्माणाधीन औद्यौगिक प्रदर्शनी केन्द्रले यस क्षेत्रको औद्योगिक तथा घरेलु उपजको बजारीकरण र उत्पादन वृद्धिमा सहयोगी हुने विश्वास व्यक्त गरे ।


कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनी कक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।


कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनी कक्षका बारेमा आफ्नो धारणा राखेका थिए । वडा नम्बर २२ को कार्यालय परिसरमा निर्माण हुने औद्योगिक प्रदर्शनी कक्ष ९१ लाख रुपैयाँको लागतमा एक बर्षभित्र निर्माण सम्पन्न हुने छ । प्रदर्शनी कक्षले स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७७ माघ ५, १५: ५०

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७७ माघ ५, १५: ५०

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
  • २०७७ माघ ५, १५: ५०

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...