संसद विघटनबिरुद्ध नागार्जुनमा कांग्रेसको यस्तो प्रदर्शन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

संसद विघटनबिरुद्ध नागार्जुनमा कांग्रेसको यस्तो प्रदर्शन


नयाँ विकल्प,


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको घटनाबिरुद्ध विभिन्न राजनीतिक दलले देशब्यापी विरोध कार्यक्रम गरिरहेको छ ।

प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेस र उसका भ्रातृ संस्थाले त्यसकाविरुद्ध सडक संघर्ष चर्काएका छन् ।

काँग्रेसले ओली सरकारको असंवैधानिक कदम विरुद्ध मंसिर २९ गते देखि पौष ८ गतेसम्म पहिलो चरणको विभिन्न विरोध सभाहरुको कार्यक्रम गर्दै आइरहेको छ । माघ ३ गते ७ सय ५३ वटै स्थानीय तहमा काँग्रेस कार्यकर्ताको उत्साहजनक उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न भएका छन् ।


माघ ३ गतेको विरोध प्रदर्शनमा नागार्जुन नगरपालिका अन्तरगत दश वटै वडाबाट जुलुस ¥याली तथा झाँकी प्रर्दशन गर्दै सितापाइलाको हरिसिद्धीमा विशाल आमसभाको आयोजना गरिएको थियो । उक्त आमसभामा नागार्जुन नगरपालिका भरीका बिभिन्न वडा तहका कार्यकर्ता देखि सर्वसाधारणको उपस्थिति थियो ।

आमसभामा वडा तहदेखि केन्द्रिय नेतृत्वका नेताहरुले सम्वोधन गरेका थिए । आमसभामा उपस्थित जनसमुदायको तुलनामा वक्ताहरु थोरै हुँदा कार्यक्रम आकर्षक बन्न पुगेको थियो ।

आमसभामा केन्द्रिय सदस्य किरण गिरी, आमन्त्रित केन्द्रिय सदस्य दयाराम पाण्डे, पूराना काँग्रेस नेता दामोदर गौतम, युवा नेता धर्मराज गौतम, नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत लगायतले संवोधन गरेका थिए ।

सभामा महासमिति सदस्य मिनबहादुर मानन्धर, महाधिवेशन प्रतिनिधिहरु रिता दवाडी, विमला छतुङ्गेल, अरुण मानव, प्रदेश सभा क्षेत्र नं. ९ ‘ख’ का सभापति लभ ढुंगाना, केन्द्रिय तथा भातृ संस्थाको तर्फबाट दामोदरप्रसाद दवाडी, सुन्दर पन्त, नेपाल शिक्षक संघ, श्यामकृष्ण खड्का, पुनम लामाको सहभागिता थियो ।

त्यसैगरी नागार्जुन नगरपालिकाका वडा अध्यक्षहरु सुन्दरबहादुर केसी, रामकृष्ण भट्टटराई, सुक्रबहादुर तामाङ्ग, रमेशप्रसाद गौतम, राजेन्द्र बुढाथोकी तथा ५ नम्वर वडा इकाई सभापति निर्मल खनाल, क्षेत्रीय समिति पदाधिकारी बन्धना थापा, सन्तोष गिरी, रामेश्वर भट्टराई, लक्ष्मण गौतम, सनतहरि रिमाल, कल्पना श्रेष्ठ, मनोज के.सी, दिपक भट्टराई, अमृत लामिछाने, राजु लामा, भक्त लामा, श्रीकृष्ण बस्नेत, देवराज भट्टराई, विनोद रोक्का, शिवराज गौतमको उपस्थिति थियो ।

त्यसैगरी वडा सभापति प्रचण्ड शाह, सभापति नागार्जुन वडा समिति १, गोापाल धमला, सभापति नागार्जुन वडा समिति २, धन बहादुर श्रेष्ठ, सभापति नागार्जुन वडा समिति ३, लक्ष्मी राम शर्मा सभापति नागार्जुन वडा समिति ४, ध्रुवराज पुरी, सभापति नागार्जुन वडा समिति ६, देवेन्द्र गिरी, सभापति नागार्जुन वडा समिति ७, राम मरहठ्ठा सभापति नागार्जुन वडा समिति ८ को सहभागिता थियो ।

भातृ संगठनको तर्फबाट शिवजी भट्टराई, अध्यक्ष स्थानिय तह बाग्मती प्रदेश यूनियन, सरस्वती भट्ट जिल्ला सदस्य नेपाल महिला संघ, नन्दकुमार बुडाथोकी, नेपाल टेलिकम कर्मचारी युनियन, सुरेन्द्र श्रेष्ठ, सभापति नेपाल तरुण दल क्षेत्र नं. ७, पुनम फागो, कोषाध्यक्ष, नेपाल सांस्कृतिक संघ काठमाडौं, शिव खनाल, सभापति, नेपाल शिक्षक संघ, नागार्जुन नगर समिति, दिपेन्द्र थापा, सभापति नेपाल तरुण दल, नागार्जुन नगर समिति, भजराम सुवेदी, सभापति, ट्रेड युनियन, नागार्जुन नगर समिति, सुनिल पुरी क्षेत्रीय, सभापति, नेपाल सांस्कृतिक संघ, अम्बिका कंडेल जिपि फाउण्डेसन, नागार्जुन नगर समिति त्यसैगरी स्थानिय तहका जननिर्वाचत जन प्रतिनिधिहरु विदुर पन्त, वडा सदस्य, नागार्जुन नगरपालिका १०, इन्दीरा खड्का, वडा सदस्य, नागार्जुन नगरपालिका १०, सितल परियार, वडा सदस्य नागार्जुन नगरपालिका १०, भुपेन्द्र बुढाथोकी, वडा सदस्य नागार्जुन नगरपालिका ९, दिलिप रिजाल, वडा सदस्य, नागार्जुन नगरपालिका ९, रामेश्वरी ठकुराठी, वडा सदस्य, नागार्जुन नगरपालिका ९,सिविना मिजार, वडा सदस्य, नागार्जुन नगरपालिका ९, शशि प्रसाद गिरी, नागार्जुन नगरपालिका ७, बिश्वकर लामा, वडा सदस्य नागार्जुन नगरपालिका ७, सविना घले, वडा सदस्य, नागार्जुन नगरपालिका ७, पुतली परियार, वडा सदस्य नागार्जुन नगरपालिका ७, देवेन्द्र गिरी, वडा सदस्य, नागार्जुन नगरपालिका ६, हमजुला राई विक, वडा सदस्य नागार्जुन नगरपालिका ६, रामेश्वर लामा, वडा सदस्य नागार्जुन नगरपालिका १ लगायत सर्वसाधारणहरुको उल्लेखनिय रुपमा उपस्थिती रहेको थियो ।

आमसभालाई संवोधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य किरण गिरीले नेपाली काँग्रेस इतिहास बोकेको पार्टी भएकोले शान्ती सहमती सहकार्य गरेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर गरिने राजनितिलाई स्विकार गर्ने तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई भत्काउने गरी संविधान माथी नै प्रहार गर्ने कुनै पनि कार्यको विरोधमा काँग्रेस सडकदेखि बालुवाटार र शितलनिवाससम्म आन्दोलनको आधिबेहरी लिएर अगाडि बढ्ने हँुदा केपी शर्मा ओलीलाई होसीयार हुन चेतावनी दिए ।

उनले राजा आउ देश बचाऔँ भन्नेहरुले दिउसै सपना नदेख्न पनि चेतावनी दिए । उनले भने –आफ्नै परिवारबाट बच्न नसक्ने राजाहरुले देश बचाउन सक्दैन त्यसकारण नेपाली काँग्रेसले नभन्दा सम्म मुलुकमा कुनैपनि परिवर्तन आउन नसक्ने जिकीर गरे ।

अर्का आमन्त्रित केन्द्रिय सदस्य दयाराम पाण्डेले इतिहास काल देखि हाल सम्म नेपालको राजनितिमा मुल पाटी भएर बसेको र मुलुकको राजनितिमा परिवर्तन गर्न उल्लेखनिय भुमिका खेलेको हुँदा बिपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुवर्ण समशेर, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला जस्ता नेताहरुले पाटी र देशलाई नै निकास दिएर आज सम्म आइपुगेको हुँदा केपी ओलीले काँग्रेससँग जोरी नखोज्न चेतावनी दिए ।

त्यसैगरी पुराना नेता दामोदर गौतमले गास, बास, कपास, स्वास्थ्य र शिक्षा जस्ता पाँच “स” नेपाली काँग्रेसको मुख्य मन्त्र भएको बताए । महाअधिवेशन प्रतिनिधी तथा प्रदेश सभाका प्रत्यासी धर्मराज गौतमले कम्युनिस्टहरुले मुलुकलाई विधंश र विखण्डन गराउने र राजनितिलाई भ्रष्टाचारीको अखडा बनाउने कुचेष्टा गरिरहेको बताए ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले यो क्षेत्रका दुई दुई जना मन्त्री भएर पनि विकासको निर्माण गर्न नसकेको, संघिय सरकारमा भएका मन्त्रीहरु भष्ट्राचारमा लिप्त भएको तथा विकास निर्माणको खोव्रmा्र भाषण गरेर नगरबासीलाई झुक्काई रहेको हुँदा आफुले प्रत्यक्ष रुपमा विकास गरेर देखाएको दावी गरे ।

उक्त आम सभाका सभापतित्व नागार्जुन नगरसमितिका सभापति केदार मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त आमसभाको कार्यक्रम संचालक शिक्षक शिव खनालले गरेको थिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ ५, १७: ५०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ ५, १७: ५०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ ५, १७: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...