वडास्तरिय विरोध प्रदर्शनमा सहभागी हुने देउवाको आव्हान – Naya Bikalpa
November 13, 2026, Friday      Epaper

वडास्तरिय विरोध प्रदर्शनमा सहभागी हुने देउवाको आव्हान

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडा स्तरीय प्रदर्शनमा भोलि ८ गते सहभागी भएर संसद विघटन विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आम नागरिकमा अपील गरेका छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको आयोजना गर्दैछ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ३ गते ७ सय ५३ वटा नगर तथा गाउँपालिकाहरुमा जनताको व्यापक सहभागितामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

बिहीबार आयोजना गरिएको वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सभापति देउवाले बुधबार बिज्ञप्तिमार्फत अपिल गरेका छन् ।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
  • २०७७ माघ ७, १७: ४०

काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
  • २०७७ माघ ७, १७: ४०

काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०७७ माघ ७, १७: ४०

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...