नेकपा विवादः प्रचण्ड-नेपाल समूहको प्रदर्शनले उपत्यकाका जनता प्रताडित ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेकपा विवादः प्रचण्ड-नेपाल समूहको प्रदर्शनले उपत्यकाका जनता प्रताडित !

नयाँ विकल्प

काठमाडाैं- शुक्रबार काठमाडाैं उपत्यकाका यात्रु गन्तब्यमा पुग्नु पर्नेमा अन्यत्रै माेडिए । महाराजगंजबाट पुतलीसडक तर्फ आउने यात्रुलाइ ट्राफिकले कमलादी ज्ञानेश्वर, लैनचाैरबाट गाैशाला तर्फ माेडिए । कलंकी, बल्खु काेटेश्वर लगायतका मुख्यनाकाबाट यतीवेला सर्वसाधारण त के कुरा विरामी बाेकेका एम्बुलेन्स समत अगाडि बढन् सकेका छैनन् ।

ट्राफिक ब्यावस्थापन गर्न सुरक्षाकर्मीलाइ हम्मेहम्मे परेका छ । काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका दृश्य हाे याे । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।

संविधान रक्षा र जनताकाे अधिकारकालागि राजनीतिक पार्टीकाे यस्ताे अान्दाेलनले जनता पिल्सिएकाे बारे तिनै दलहरू यसलाइ शक्ति प्रदर्शनका शंज्ञा दिने गर्छन् ।

नेकपा विवाद र त्यसबाट पार्टी विभाजनकाे अवस्थामा पुगेपछि नेकपा भित्र काे ठूलाे र आधिकारीक भन्ने हाेडबाजी छ । पार्टीकाे आधिकारीकता संवन्धी दुवै पक्षकाे दावी निर्वाचन आयाेगमा विचाराधिन छ ।

प्रधानमन्त्री केपी ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेका संसद विघटन सम्बन्धी मुद्दाकाे बहस सर्वाेच्च अदालतमा बहसका क्रममा छ । तर विभाजीत नेकपा का दुवै पक्ष भने राजधानी लगायत देशभर शक्ति प्रदर्शन गरिरहेका छन् । यसै क्रममा शुक्रबार प्रचण्ड माधव समुहले गरेका प्रदर्शनमा राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन् । जुलुसका कारण सवारी साधन आवतजावत लगभग ठप्प पारिएकाे छ

काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्। माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्।

ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। ‘भित्री कोर एरियाका सबै सडक अस्तव्यस्त छन्,’ महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘मुख्य सडकमा जाम ठूलो छ, रिङरोडमा पनि असर परेको छ।’

बिहानैदेखि ट्राफिक प्रहरीलाई सडकमा उतारे पनि जुलुसका कारण जाम नियन्त्रण गर्न नसकिएको अधिकारीले बताए। नेकपा प्रचण्ड-नेपाल समूहले आज भृकुटीमण्डपमा विरोधसभा गर्दैछ। प्रधानमन्त्रीले गैरसंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड-नेपाल समूहले विरोधसभा गर्न लागेको हो।

संविधानकाे रक्षाकालागि गरिएकाे भनिएकाे जुलुशले सर्वसाधारणकाे निर्वाध ओवतजावत गर्न पाउने अधिकार कुष्ठित भैइरहेकाे बारे संवन्धीत जनरअन्दाज गर्दै वेखर जस्तै देखिँदा जनमत झनै खस्कने तर्फ पनि वेलैमा ध्यान जाओस !

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ ९, १२: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ ९, १२: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ ९, १२: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...