भरतपुरमा गौरवको आयोजनामाथि संघीय सरकारले हस्तक्षेप गरेकाे मेयर दाहालकाे आराेप ! – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

भरतपुरमा गौरवको आयोजनामाथि संघीय सरकारले हस्तक्षेप गरेकाे मेयर दाहालकाे आराेप !

नयाँ विकल्प,


चितवन -भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यहाँको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नमिल्ने बताएकी छन् ।

आज भरतपुर महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी, कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताइन् ।

पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन्, ‘काम सुरु भइसकेको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री नै आउनु भनेको राज्यको सरासर दुरुपयोग हो, यसमा हाम्रो गम्भीर असहमति छ, स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको महसुस हामीले गरेका छौँ ।’

केन्द्र सरकारको ठाडो हस्तक्षेप

प्रमुख दाहालले काम चलाउ सरकारले भरतपुर महानगरलाई निषेध गरेर संघीयताको मूल मर्म विपरीत गएर स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको बताइन् । उनले भनिन्, ‘विगतमा पटकपटक शिलान्यासको मिति तोकेर तयारी ग¥यौँ, तर अनेक बहाना बनाइ शिलान्यास गर्न दिइएन, अहिले काम सुरु भइसकेको आयोजनामा स्थानीय सरकारलाई गुमराहमा राखेर शिलान्यास गर्ने योजना केन्द्र सरकारले बनाएकोमा यसप्रति हाम्रो गम्भीर असहमति छ ।’


प्रमुख दाहालले महानगरलाई पूरै माइन गरेर शिलान्यास कार्यक्रम राखेकाले सो कार्यक्रममा महानगर सहभागी नहुने बताइन् । उनले प्रश्न गर्दै भनिन्, ‘शिलान्यास कार्यक्रमपछि आमसभा समेत राखिएको सुनिएको छ, शिलान्यास कार्यक्रम भन्ने अनि राज्यको दुरुपयोग गरेर आमसभा राख्न मिल्छ ?’ भरतपुर महानगरले यसअघि पटकपटक अर्थमन्त्री विष्णु पौडेलसँग कुराकानी गरेर शिलान्यास गर्न खोज्दा विभिन्न बहानाबाजी गरेर रोक्ने काम भएको प्रमुख दाहालले बताइन् ।

संघीय सरकारकोे हतोत्साहित बनाउने हर्कत

‘संघीयताको मर्म भनेको स्थानीय सरकारको अधिकार खोस्ने हो ? स्वामित्व लिने हो ?’ उनले प्रश्न गर्दै भनिन्, ‘संघीय सरकारको यस्तो हर्कतबाट स्थानीय सरकार निराश भएको छ, हतोत्साही भएको छ ।’ सिटी हल र ६ लेन सडकको परिकल्पनाकार भरतपुर महानगर भएको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रमुख दाहालले सिटी हल र ६ लेन सडकको काम तीव्र रुपमा अगाडि भरतपुर महानगरले बढाएको बताइन् ।

उनले भनिन्, ‘संघीय सरकारले बाइपास गरे पनि निर्माणको काम रोकिने छैन, समयअगावै काम सम्पन्न गर्नेछौँ । गुणस्तरीय बनाउनेछौँ ।’ उनले निर्माणको क्रममा आउने सबै समस्या समाधान गर्न भरतपुर महानगरले एउटा संयन्त्र बनाएको बताइन् ।

आमालाई बच्चाको माया सबैभन्दा बढी

‘तीन वर्ष अघि नै ठूलो लगाव र मिहिनेतबाट भरतपुर महानगरले सिटी हल र ६ लेन सडकको आयोजना ल्याएको हो, हामीलाई यसको धेरै माया छ, एउटी आमालाई आफ्नो बच्चाको माया कति लाग्छ, त्यति माया हामीलाई यी आयोजनाको छ’ प्रमुख दाहालले भनिन्, ‘एक दिन आएर शिलान्यास गर्नेलाई आयोजनाको माया के हुन्छ र ? उनले सिटी हल र ६ लेन सडकको जन्मदाता (आमा) भरतपुर महानगर भएको बताइन् ।

पत्रकार सम्मेलनमा भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले स्थानीय स्वयत्त शासनलाई संघीय सरकारले हस्तक्षेप गरेको बताए । उनले भने, ‘प्रतिनिधि सभा विघटन गरेको सरकारले शिलान्यास गर्दै हिँड्न मिल्दैन, यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’ पत्रकार सम्मेलन भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ १६, १४: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ १६, १४: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ १६, १४: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...