प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध कांग्रेसका १३ भ्रातृ संस्थाद्वारा विरोध प्रदर्शनको तयारी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध कांग्रेसका १३ भ्रातृ संस्थाद्वारा विरोध प्रदर्शनको तयारी

नयाँ विकल्प,
काठमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भएको ठहर गर्दै सडक आन्दोलनमा उ त्रिएको नेपाली कांग्रेसले पार्टीका १३ वटा भ्रातृ संस्थाहरुलाई सडकमा उ तार्ने भएको छ ।

सरकारको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध विरोध जनाउन माघ १९ गते सोमबार ति १३ वटा भ्रातृ सस्थाका अध्यक्षहरुले संयुक्त प्रदर्शनको आयोजना गरिएको भन्दै व्यापक सहभागिताका लागि संयुक्त अपील जारी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।

‘संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनतासहित समग्र मुद्दालाई अघि सारेर विरोध प्रदर्शन आयोजना गरिएको जनाईएको छ ।

यसरी संयुक्त आन्दोलनको लागि आव्हान गर्नेहरुमा नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका सभापति टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघका सभापति भानुभक्त सिग्देलव र नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघका अब्दुल सतार, नेपाल तामाङ्ग संघका अध्यक्ष कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघका अधयक्ष ओम थापामगर र नेपाल ठाकुर समाजका अध्यक्ष अनिरुद्ध्रप्रसाद ठाकुरले संयुक्त संघर्षको लागि आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ १८, १३: ५८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ १८, १३: ५८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ १८, १३: ५८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...