ओलीले संविधान र लोकतन्त्रमाथी गरेकाे हत्याकाे पाप पशुपति जाँदैमा पखालिँदैनः नेपाल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
राजधानीमा प्रचण्ड माधव पक्ष नेकपाकाे विशाल प्रदर्शनः

ओलीले संविधान र लोकतन्त्रमाथी गरेकाे हत्याकाे पाप पशुपति जाँदैमा पखालिँदैनः नेपाल

नयाँ बिकल्प,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रको हत्या गर्ने हत्यारा भएको आरोप लगाएका छन् ।

नेकपा (प्रचण्ड–माधव समूह) ले बुधबार राजधानीको प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभामा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललले लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, संविधान कुल्चनेका बिरुद्ध जनआन्दोलन नै शुरु गर्नु परेको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको सासन कालमा ७ हजार १ सय ७० नेपाली चेलीहरु बलात्कृत भएको भन्दै तिनै बलात्कृत भएका चेलीको आत्माले कतिलाई जेलमा कोच्यौ भन्दै ओलीलाई सोधिरहेको र ओलीको े असंवेदनशिलता देखेर लाज मानिरहेको आरोप लगाए ।

उनले भने ‘ओली तिमिलाई जसले जुन आमाले जन्माइन, संविधानले र पशुपति नाथले पनि भन्दैछन् –केपी ओलीलाई धिक्कार छ । उनले गरेको पाप अब पशुपति नाथमा गएर पुजा अर्चना गर्दैमा वा धोएर पाखालिँदैन ।’

सरकारी साधन र भ्रष्टाचारको रकम खर्च गरेर ओली समूहले हालै राजधानीमा गरेको सभा धेरै सानो हुँदा उनीहरु निरास भएको नेपालको दाबी छ । त्यसैले ओली ओली छलफल र बहुमतमा नभएर अधिनायकबाद र धम्कीमा विश्वास गर्न थालेको नेपालले आरोप लगाए ।

‘केपी ओली बहुमतको शासन मान्न तयार छन ? तयार छैनन् । नेकपाको ४ सय ४१ जनाका केन्द्रीय सदस्य मध्ये मार्चपास गरौं कति जना उभिन्छन् ? १ सय जना । तर, हाम्रो पक्षमा ३ सय जना छन् ।’
प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा गएर आयुक्तहरुलाई धम्क्याइ रहेको दाबी नेपालको थियो ।

ओलीले नेकपाको पहिलो अध्यक्ष हुँ भनिरहे पनि त्यसमा कुनै सत्यता नभएको नेपालले दाबी गरे ।
‘ओली नेकपाको पहिलो अध्यक्ष होइनन् । उनी पहिलो अध्यक्ष विधानमा लेखिएको छैन । उनले मात्र दाबी गरेको हो । मान या ना मान मै तेरा मेहरमान भने झैं’, उनले भने, ‘ओलीले भनेका कुरालाई निर्वाचन आयोगले सुन्ने होइन, बिधान हेरे हुन्छ । निर्णय हेरे हुन्छ ।’

नेपालले निर्वाचनको कानूनको दफा ४४ बमोजिम यदि एउटै पार्टी भित्र निर्वाचनको चिन्ह र छापको बारेमा बिबाद भएमा बहुमतको निर्णयलाई हामी स्वीकार गर्छौ भनेर उल्लेख भएपछि धेरै तिर मन नडुलाउन आयोगलाई आग्रह गरे ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ २८, १६: २९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ २८, १६: २९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ २८, १६: २९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...