
नयाँ बिकल्प,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ ।
झाँक्रीका समर्थक एवम् नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।
झाँक्रीको निवास शंखमुलमा प्रहरी पक्राउ गर्ने उदेश्यले गएपछि भेला भएका उनका समर्थकहरुले ‘सक्छस् भने गोली ठोक– छाति थाप्न तयार छौं’, ‘रामकुमारी झाँक्री हाई हाई– केपी –विद्या बाई बाई’, ‘प्रहरी दमन –मुर्दाबाद’, ‘प्रतिगमन– मुर्दाबाद’ जस्ता नारा लगाएका छन् ।
नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा उनले एक साताअघि गोरखामा दिएको अभिव्यक्तिलाई लिएर उनलाई पक्राउ गर्न खोजिएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको थियो । झाँक्रीले भने यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले अस्वीकार गरेकी थिइन् । नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीले बुधबार राजधानीमा प्रचण्ड–माधव समूहले गरेको बिरोध सभामा पनि राष्ट्रपति पद र गरिमा गिराउने गरी ओलीको अहंकार र निरंकुसता सद्धर गर्ने प्यादाको रुपमा राष्ट्रपति संस्थालाई बदनाम गराएको अभिव्यक्ति दिएकी थिइन् ।
झाँक्रीले बुधबार विरोध सभामा दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जाल युट्युवमा भाइरल भएको छ ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...