रामकुमारी झाँक्री पक्राउको सर्बत्र आलोचना, रिहाईको माग – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

रामकुमारी झाँक्री पक्राउको सर्बत्र आलोचना, रिहाईको माग


नयाँ बिकल्प,

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी निवर्तमान सदस्य रामकुमार झाँक्रीले राजनीतिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सरकारले राज्यबिरुद्धको अभियोगमा पक्राउ गरेपछि उनको रिहाईको लागि विभिन्न राजनीतिक दलका नेता र संस्थाले माग गरेका छन् ।

नेकपा प्रचण्ड–माधवसमुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

नेकपाको मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा दाहालले लोकतन्त्रप्रति प्रखर रुपमा बोलेकै आधारमा उनलाई पक्राउ गरिनु लोकतन्त्रमाथिको आक्रमण भएको बताए ।

नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै झाँक्रीलाई गिरफ्तार गरिनुले सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्ताबादी चरित्रलाई उदांगो पारेको आरोप लगाएका छन् ।

श्रेष्ठले लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै राजनीतिक आलाचनालाई राज्यविरुद्धको अपराध देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको भन्दै सरकारको यस्तो हर्कतको घोर निन्दा र भत्सर्ना गर्दै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहाको माग गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले पनि नेतृ झाँक्रीको तत्काल बिनासर्त रिहाईको माग गरेका छन् । उनले झाँक्रीलाई पक्राउ गरेर केपी ओली नेतृत्वको सरकारले आफ्नो अधिनायकबादी चरित्र उदाङ्गो पारेको भन्दै नागरिकको अभिव्यक्ति स्वतन्तत्रमाथि नांगो हस्तक्षेप गरेको आरोप लगाए ।

कांग्रेसका यूवा नेता गगनकुमार थापाले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने उदेश्यले बोलेकै आधारमा झाँक्रीलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाई माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुने गरी झाँक्रीलाई पक्राउ गरिएको भन्दै उनलाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।

२०५९ सालको तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदम र २०६२–०६३ सालको शाही शासनबिरुद्धको आन्दोलनमा सक्रिय हुँदा सख्त घाईते भएकी झाँक्रीको बिना सर्त रिहाई गर्न युवा संघ नेपालले माग गरेको छ ।

बिहीबार आफ्ने निवास बानेश्वर शंखमुलबाट पक्राउ गरिएका झाँक्रिको रिहाईको माग गर्दै दिउँसो नयाँ बानेश्वरमा युवा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । नेकपाका नेता योगेश भट्टराई बिहीबार पक्राउ गरिएका नेतृ झाँक्रीलाई भेट्न महानगरिय प्रहरी अपराध महाशाखा भएका थिए ।

नेकपाका नेताहरु जनार्दन शर्मा, विष्णु रिजाल लगायतले झाँक्रीको गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरी प्रधानमन्त्री ओलीसँग असहमत राख्ने पक्षलाई राज्य प्रशासनका दुरुपयोग गरी तर्साउने गरेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ माघ २९, १५: ५६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २९, १५: ५६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ माघ २९, १५: ५६

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...